कास्की । पोखरा महानगरपालिकाले यसै सातादेखि निःशुल्क ‘कृषि उपज’ ढुवानी सेवा सुरु गरेको छ । कतिपय प्रदेश र स्थानिय तहले कृषि एम्बुुलेन्स भनेर संचालन गर्दै आएका थिए तर पोखरा महानगरपालिकाले भने कृषि उपच ढुुवानी नाम गरेर सञ्चालनमा ल्याएको हो ।
यस पालिकाले अहिले २१ वडाकालागि सञ्चालनमा ल्याएको यो सवारी साधन खरिदकालागि ७ लाख ५० हजार रुपैँया अन्नपात एग्रो प्रालिलाई दिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । यसैवर्ष अन्य दुुई वटा गाडीहरु धुवानीकालागि खरिद गर्ने प्रकृया भइसकेको कडरियाले जानकारी दिनुभयो ।

