काठमाडौँ । मोरङका किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । मोरङ जिल्ला केराबारी गाउँपालिका कृषि तथा सहकारी शाखाको किसानलाई ठुला तथा स-साना कृषि औजार उपकरण तथा सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा ३५ जना किसानलाई १७ थान मिनिटेलर, १७ थान टनेल प्लास्टिक साथै १७ थान मल्चिङ प्लास्टिक वितरण गरिएको कृषि शाखाले जनाएको छ । शाखाले चालु आर्थिक वर्ष २०७८/०७९ कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत मागमा आधारित ५० प्रतिशत लागत साझेदारीमा कृषि औजार किसानहरूको माग अनुसार वितरण गरिएको हो ।

