चितवन / कृषि र कृषि प्रविधिको क्षेत्रमा सेवा दिदैँ आएको मुक्तिनाथ कृषि कम्पनीले कृषि व्यवसाय परामर्श केन्द्र स्थापना गरेको छ । कृषि पेशासंग सरोकार राख्नेहरुका लागि विभिन्न बिषयमा सहजीकरण गर्नका लागि यो केन्द्र स्थापना गरेको बताइएको छ ।
कृषि व्यवसाय परामर्श केन्द्र मार्फत किसानहरुलाई कस्तो कृषि व्यवसाय गर्ने ? कसरी गर्ने ? कृषि व्यवसाय भित्रका समस्या के छन ? समाधान कसरी गर्ने ? जस्ता बिषमा परामर्श दिइने छ ।
कृषि पेशालाई उद्यमको रुपमा अघि बढाउन चाहाना राख्ने ब्यक्ति ,समूह, सहकारी, सरकारी, गैर सरकारी संघसस्थाहरुले यो केन्द्र मार्फत सेवा लिने सक्नेछन् ।
कृषि कर्ममा सफलता प्राप्त गरेका किसानहरुको अनुभाव आदान प्रादान गर्ने, परिवर्तन र परिस्कृत हुँदै गएका कृषि प्रविधिका बारेमा चासो राख्ने कृषकहरुलाई यो परामर्श केन्द्र मार्फत सहजीकरण गरिने बताइएको छ ।
रुची र चासो भएका किसानहरुले यस कृषि व्यवसाय परामर्श केन्द्र मार्फत सेवा लिनका लागि कम्पनीले अनुरोध गरेको छ ।

