काठमाण्डौ । नेपालमा ८ महिनाको अवधीमा ४३ करोडको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ ।
भन्सार विभागका अनुसार माघसम्ममा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । चालू आवको ८ महिना अर्थात् फागुनसम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ । यस अवधिमा ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।

