चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षभित्र छ वटा पाटेबाघ मृत फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान खुल्न सकेको छैन ।
निकुञ्जका अनुसार दुई वटा बाघ आपसमा जुधेर, तीन वटा उद्धारका क्रममा तथा एउटा प्राकृतिक कारणले मरेका हुन् । अघिल्लो गणनाअनुसार निकुञ्जमा १२८ वटा पाटेबाघ रहेका थिए । यस वर्षको गणनाको नतिजा भने अझै सार्वजनिक गरिएको छैन ।

