चितवन / चितवनमा रहेको सामाजिक संस्था सार्थक नेपालको कार्यसमिति चयन भएको छ । कार्य समितिको अध्यक्षमा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल युवा प्रकाश घिमिरे निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा उमेश घले, सचिवमा निशान गौतम, सह सचिवमा राजन विक, कोषाध्यक्षमा सुसजित शाहा निर्वाचित हुनुभएको छ ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा रामु ढकाल, किरण बहादुर आलेमगर, टोनी घिमिरे, कृष्ण प्रसाद पाण्डे, अमृतसिं धामी, इश्वर अधिकारी निर्वाचित हुनुभएको छ । मानोनीत सदस्यहरुमा अभिषेक मिया, साजन सुनार, सुनिल तामाङ, प्रेमनारायण पौडेल, ललित केसी र सुदिप श्रीपाली रहनुभएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

वुधवार भएको कार्यक्रममा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण भएको र आगामी दिनमा के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने बिषयमा सुझाव संकलन समेत गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
आगामी दिनमा समुदायको हितमा सामाजिक काम गर्दै जाने उद्देश्यले स्थापना भएको संस्था भएका कारण जनहितका कार्यक्रम विभिन्न चरणमा गर्दै जाने अध्यक्ष घिमिरेले बताउनुभयो ।

