काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आईतवारसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्नुभएको थियो ।

