काठमाण्डौ । विश्व प्रकृति संरक्षण नेपालको साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ । नवौँ साधारण सभा एवम् अधिवेशनले तिलक ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्य समितिको उपाध्यक्षमा गौरी मालाकार,सचिवमा राई बहादुर राई,कोषाध्यक्षमा सुशीला नेपाली र सदस्यहरुमा कृष्णलाल चौधरी, अनिल सिंह बस्नेत, योगेश्वर राई, गीता गुरुङ कार्की, हरिनारायण त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको छ ।
विभिन्न क्षेत्रका विज्ञहरुको सहभागितामा स्थापना भएको यस संस्थाले अध्ययन, अनुसन्धान, क्षमता विकास, योजना तथा रणनैतिक योजना तयारी, पर्यापर्यटन प्रवर्द्धन, रैथाने संरक्षण,जैविक विविधता संरक्षण आदि क्षत्रमा काम गर्दै आइरहेको छ।
काठमाडौंको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपाल भरी नै कार्यक्षत्र बनाए काम गरिरहेको छ ।

