चितवन । चितवनको कालिका नगरपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । नगर क्षेत्र भित्र रहेका विपन्न एकल महिलालाई प्रजनन् योग्य बाख्राको पाठी वितरण गरेको हो । आयआर्जन मार्फत आर्थिक अबस्थामा सुधार ल्याउने उद्देश्यले नगर भित्रका ४४ जना महिलाहरुलाई बाख्राको पाठी वितरण गरिएको हो ।
विपन्न एकल महिलालाई सिपमुलक वाख्रा पालन तलिमसंगै वस्तुगत टेवा स्वरुप प्रजननयोग्य बाख्राको पाठी वितरण गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । आगामी बर्षमा पनि एकल महिलाको सिप विकास र आयआजर्नमा सहयोग पुग्ने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
विपन्न एकल महिलाहरुको छनौट गरि सो नगरपालिकाले तीनदिने बाख्रापालन तालिम दिएर व्यवसायिक रुपमा बाख्रापालनको सुुरुवातको लागि विउपूँजिका रुपमा प्रजनन् योग्य पाठी वितरण गरिएको नगर उपप्रमुख विमला लामाले बताउनुभयो । आर्थिक अबस्था कमजोर भएका महिलाको सीप विकास मार्फत आयआर्जनका लागि तालिम दिएर बाख्राको पाठी वितरण गरिएको बताउदै लामाले आगामी दिनमा पनि एकल महिलाहरुका लागि थप आयआर्जनका काममा नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
उपमेयर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष राधिका अर्याल,सुचना अधिकारी प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।

