चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २२ मा दुई वटा बोरिङको उद्घाटन भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्रणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गर्नुभएको हो । एउटा डिप बोरिङले ३५ बिघा खेतलाई सिँचाई गर्न पुग्छ ।
भरतपुर–२२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदमपोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने बताउनुभयो। भरतपुरमा नौं हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उहाँले बताउनुभयो ।

