चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २२ का १५ घरधुरीलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्साहन गर्न एक परिवार दुई बाख्रा वितरण गरिएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्नुभएको हो । कृषिको व्यवसायीकरणको क्रममा ठूला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने छन् ।
भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरपालिकामा युवा लक्षित कार्यक्रममार्फत् १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् ।

