कास्की । पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषि एम्बुलेन्सको शुभारम्भ गर्नुभयो ।
मेयर आचार्यले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षितरूपमा बजार र उपभोक्तासम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गरेको बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै महानगरले किसानमैत्री कार्यक्रममा जोड दिएको उहाँको भनाइ छ ।
महानगरका कृषि तथा पशुपक्षी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने तथा उपभोक्ता र किसान दुवैले लाभ लिन पाउने बताउनुभयो ।

