चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर ९ दोगारामा एक जना कृषकको घरमा पालिएका सवै पशु एक घण्टाको अवधीमा मरेकाछन् । स्थानीय कृषक सिताराम थापाको घरमा पालिएका पशुलाई अपरान्ह ३ बजेको समयमा पानी खुवाए पश्चात् अचानक काम्न शुरु गरेपछि सवै पशु मरेकाछन् ।
गोठमा रहेका एक ब्याउने भैसी,एक ठूलो गाई,तीन माउ बख्रा र दुई खसिको एक घण्टा भित्रमा मरेको स्थानीय दिपक खड्काले बताउनुभएको छ । पानी खाएपछि पशुको सवै पशुको पेट फुलेको र फिज काट्दै मृत्यु भएको थियो । घटनाको बिषयमा अनुसन्धान भइरहेको बताइएको छ । तस्बिर ः दिपक खड्का

