मकवानपुर । असार अन्तिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिएको छ । आफूले उन्नत बिरुवा नपाएर वर्षौँदेखि घाँसको समस्या भोग्नुपरेको तर आएका बिरुवा पनि जथाभाबी फालिएको किसानको गुनासो छ ।मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका बिरुवा कुहिने अवस्थामा पुगेका छन् ।
विज्ञ केन्द्रबाट आएको घाँसको बिरुवा समयमै किसानले नपाउँदा खेर गएको छ । लाखौँ रुपैयाँ खर्चिएर उत्पादन गरिएको घाँसको बिरुवा किसानलाई वितरण नगरि खेर फालिएकोमा किसानले चिन्ता व्यक्त गरेका छन् । विभिन्न जातका घाँसका बिरुवा मकवानपुरका १० वटै पालिकाको किसानको हातमा वितरण गर्नुको सट्टा असार महिनाको अन्तिममा पालिकाका एकरएक ठाउँमा लगेर त्यसै छोडिएको स्थानीय किसानले गुनासो गरेका छन् ।

