काठमाडौँ । ललितपुरको बागमती गाउँपालिकाले किसानलाई प्लास्टिक टनेल तथा तरकारीको बीउ वितरण गरेको छ । गाउँपालिकाका ४ न वडा कार्यालय प्युटारको वडा स्तरिय कार्यक्रम अन्तर्गत ३० जना कृषकलाई प्लास्टिक टनेल तथा तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
७५ प्रतिशत अनुदानमा जसमा ६x१२ 90 GSM प्लास्टिक सिट, थोपा सिंचाइ सेट १०० ली ट्याङ्की, इम्प्रुभ सृजना गोलभेडाको बीउ, हजारी, स्टिकी ट्र्याप, साफ fungicide र टनेलको फिता वितरण गरिएको छ । गाउँपालिकाले कृषि उत्पादन बढाउन तथा कृषकलाई कृषि पेसामा आकर्षित गर्न अनुदान मार्फत सहयोग गर्दे आएको छ ।

