चितवन । चितवनमा आज देखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु हुँदैछ । कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी हुने भएको हो । प्रदर्शनी चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते तीन दिन चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहने छन् ।
कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहनेछ । प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श दिने मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू९ठूला उपकरणहरु प्रदर्शन गरिने उहाँले बताउनुभयो । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशे ढुंगा सावित हुने उहाँको विश्वास छ । प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

