चितवन । यस वर्ष चितवनमा तोरी खेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनको तथ्याँक अनसार यस बर्ष चितवनमा तोरी उत्पादन बढ्ने देखिएको छ । तथ्याङ्क अनुसार यस सिजन १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो गत वर्ष भन्दा करीव एक हजार हेक्टरले बढी हो । गत वर्ष कुल १२ हजार दुई सय ६० हेक्टरमा तोरी खेती गरिएको थियो ।
तोरी खेतीप्रति कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताउनुभयो । तोरीको तेलको माग बढेसैगै कृषकमा तोरी खेती तर्फ आकर्षण बढेको उहाँले जानकारी दिनुभयो ।तोरी खेतीको क्षेत्रफल बढ्नुका साथै सिचाई र अनुकुल मौसमका कारण तोरीको उत्पादन बढ्ने देखिएको पाण्डेले बताउनुभयो । चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली जितपुर क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।
आर्थिक वर्ष २०७५(७६ मा १२ हजार दुई सय ६० क्षेत्रफलमा तोरी खेती गरिएको थियो भने १३ हजार तीन सय मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६(७७ मा १२ हजर दुई सय ५५ क्षेत्रफलमा तोरी खेती गर्दा १२ हजार एक सय ८० मेट्रिक टन तथा आव ७७(७८ मा मा १२ हजार दुई सय ६० हेक्टरमा तोरी खेती गर्दा १२ हजार दुई सय १८ मेट्रिक टन उत्पादन भएको थियो ।

