पोखरा । पोखरामा बीउ बिजन प्रयोगशाला बन्ने भएको छ । गत सोमबार भवन निमार्णको शिलान्यास भएको छ । कुल १ करोड ६३ लाख बजेटमा सम्पन्न गर्ने लक्ष्य भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, गण्डकी प्रदेशले राखेको छ । प्रयोगशालाको निमार्ण अवधि भने १८ महिना तोकिएको छ ।
भवन शिलान्यासमा प्रदेश मन्त्री चन्द्र बहादुर बुढा, सचिव सवनम शिवाकोटीसमेतको उपस्थिति थियो । सुविधा सम्पन्न प्रयोगशाला निमार्णको लक्ष्य सहित बीउबिजन प्रयोगशालाको निमार्ण गरिन लागिएको हो ।
कृषि क्षेत्रका लागि आवश्यक पर्ने गुणस्तरी कृषि सेवा अन्तर्गत प्रयोगशाला, भेटेरिनरी अस्पताल निर्माणको कामले गण्डकी प्रदेशका तीव्रता पाइरहेको छ । केही दिन अघिमात्रै पनि पोखरामै पशु भेटेरिनरी अस्पताल निर्माणको लागि अनुमति पाएको थियो ।

