नवलपरासी । नवलपरासी पश्चिम सशस्त्र प्रहरीले पाडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल बिओपी गुठी परसौनीको मोबाइल गस्ती टोली बिहिवार बिहान ३ बजे प्रतापपुर गाउँपालिकाको वडा नं ५ बैदौली पुलबाट राति बिहान ३ बजे ९ वटा पाडा पक्राउ गरेको हो ।
पक्राउ परेका पाडाको म्रल्य अन्दाजी १ लाख ८० हजार मूल्य बराबर रहेको छ । पाडाहरु भारतबाट भन्सार छलि ल्याइएकोले आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।

