पोखरा । पोखरा महानगरपालिका पशु सेवा शाखाले मंगलबार एक कार्यक्रम गर्दै ५० जना व्यावसायिक बाख्रापालक कृषकलाई जनही रु। २० हजारको अनुदान रकम प्रदान गरेको छ । बाख्रा पकेट जोनको रुप छुट्याएको भरतपुर, भरतपोखरी ३३ का व्यावसायिक बाख्रापालन किसानलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम संचालन गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ को साना व्यावसायिक कृषि उत्पादन केन्द्र (बाख्रा पकेट) शीर्षक कार्यक्रम अन्तर्गत १० वटा भन्दा माउ बाख्रापालन गरेका किसानहरूलाई खोर निमार्ण तथा यन्त्र उपकरण किन्नका लागि उक्त प्रोत्साहानको रकम दिएको पोखरा महानगरपालिका कृषि विकास शाखाका अधिकृत मनोहर कडरियाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यन्वयन भरतपुर इकाईले अनुगमन तथा निरीक्षण पश्चात ५० किसानको छनोट गरिए अनुदान प्रदान गरेको हो । अनुदानको कुल बजेट भने १५ लाखको थियो ।

