काठमाण्डौ । कृषि विभागले चैते धानको समर्थन मूल्य निर्धारणका लागि सिफारिस गरेको छ । २५ जिल्लामा गरिएको स्थलगत अध्ययनका आधारमा तयार प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको हो ।
उत्पादन लागत, बीउ, मल, श्रम, ढुवानी तथा बजार अवस्थाको विश्लेषणपछि वैज्ञानिक मूल्य प्रस्ताव गरिएको विभागले जनाएको छ । प्रस्तावबारे सरोकारवालासँग छलफल भइसकेको छ र अब मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि मात्र नयाँ समर्थन मूल्य सार्वजनिक गरिनेछ। गत वर्ष सरकारले चैते धानको मूल्य प्रतिक्विन्टल २८०० रुपैयाँ तोकेको थियो ।

