चितवन (कालिका) । चितवनको कालिका नगरपालिकाले नगरक्षेत्रका किसानकालागि मकैको विउ वितरणका लागि सूचना प्रकाशन गरेको छ । मकैको बिउ ५० प्रतिशित अनुदानका लागि प्रकृयामा सहभागी हुन पालिकाले सूचना जारी गरेको हो ।
नगरपालिकाको २०८० ८१को बार्षिक स्विकृत कार्यक्रम अनुसार मकैबाली कार्यक्रम प्रवद्र्धन अन्तर्गत ५० प्रतिशित अनुदानमा मकैको बिउ वितरण हुने भएकाले कृषि फर्म, कृषक सहकारी र कृषि समुहलाई आवश्यक प्रकृया पुरागरी कार्यक्रममा सहभागि हुन अनुरोध गरेको छ । कृषकहरुले आफुलाई पायक पर्ने फर्म समुह र सहकारी मार्फत मकैको बिउ प्राप्त गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचा अनुसार निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । पालिकाले माघ ५ गते सूचना जारि गरेको छ । सूचना अनुसार रामपुर कम्पोजीट र रामपुर हाइव्रिड–१० जातको मकैको विउ वितरण हुने छ ।


