चितवन । कुखुरापालन व्यवसाय उच्चजोखिममा पुगेको छ । अर्बौको लगानि रहेको यो व्यवसायमा पछिल्लो समय देखिएको अर्थिक समस्या र मूल्य वृद्धिका कारण समस्यामा परेको व्यवसयीहरुले बताएकाछन् ।
विगत लामो समय देखि कुखुरा पालन व्यवसाय गर्दै आएका व्यवसायी ज्ञान बहादुर विसुरालले यही अवस्था रही रहे नेपालबाट धेरै व्यवसायी विस्थापीत हुने बताउनुभयो । उत्पादनमा लागत अनुसारको मूल्य नभएका कारण हरेक व्यवसायी घाटामा रहेको उहाँले बताउनुभयो ।
बैंकको व्याज बढेको र बैंकले थप लगानी नगरेका कारण व्यवसायीहरु मारमा परेका उहाँले बताउनुभयो । कुखुरा पाल्दा प्रयोग हुने कच्चा पदार्थको मूल्य अहिलेसम्मकै उच्चमूल्यवृद्धि भएको छ । कच्चापदार्थको मूल्य बढेका कारण लागत बढेको र उत्पादिन वस्तुको मूल्य घटेका कारण घाटामा व्यवसाय चलिरहेको विसुरालले जानकारी दिनुभएको छ । दानाको लागी आवश्यक कच्चा पदार्थमा ६० प्रतिशत हिस्सा मकै र २० प्रतिशत हिस्सा भटमास आवश्यक पर्छ । ८० प्रतिशत मकै र १०० प्रतिशत भटमास आयातमा निर्भर रहेको छ ।
कुखुराजन्य सामाग्रीको बजार घटेको जानकारी दिदैँ उहाँले उपभोक्तामा क्रयशक्ती कम देखिएको बताउनुभयो । आर्थिक चालयमान नभएसम्म यो अवस्था झन जटिल बन्दै जाने उहाँले बताउनुभएको छ ।
राज्यले कृषिलाई हेर्ने दृष्टिकोण भरलाग्दो बनाउन ढिला गर्न नहुने उहाँले बताउनुभएको छ । कृषि क्षेत्रमा लगानी गरिएको ऋणको व्याज तत्काल घटाउनुपर्ने बताउदै विसुरालले नेपालका लागि आवश्यक पर्ने कच्चापदार्थ नेपलमै उत्पादन गर्न सक्नेगरी सरकारी नीति बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
कुखुराजन्य सामाग्री अण्डा, मासु, चल्ला भारतवाट नेपाल भित्रिएको छ । खुला सिमाना भएका कारण रातारात यस्ता सामाग्री नेपाल आइरहेका कारण व्यवसायीहरु थप मारमा परेको उहाँले बताउनुभयो ।
नेपालको भान्दा भारतको सस्तो भन्दै उतैबाट कुखुरा अण्डा चल्ला ल्याउदै विक्री भइरहेकोले थप समस्या देखिएको उहाँले बताउनुभयो । भारतसंगको खुला सिमाका कारण भारतीय कृषि उत्पादनको अवैध आयात गरी चोरी बाटो वा लुकाइछिपाइ कुखुरा,चल्ला तथा अण्डा भित्र्याउने जस्ता कार्यले नेपाली बजार र नेपाली उत्पादन मर्कामा परेको छ ।
अर्बौ रुपैंयाको लगानी रहेको कुखुरा पालन व्यवसाय जोगाउनका लागि सरकार थप संवेदनशिल हुनुपर्ने उहाँले बताउनुभयो । सरकारले समयमै ध्यान दिन नसके भयाभह अवस्था आउनसक्ने उहाँले बताउनुभएको छ ।

