काठमाडौँ । सर्लाहिमा रहेको वनबाटिका कृषि फार्ममा आगलागी हुँदा १५ सय तयारी कुखुरा जलेको छ । सर्लाहीको हरिवन ८ कैलाशपुरी क्षेत्रमा रहेको रामाशंकर यादवले सञ्चालन गर्दै आएको कुखुरा फर्ममा आगलागी हुँदा १५ सय कुखुरा जलेर नष्ट भएको हो ।
गएराति करिब १ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। ६ वटा खोरमध्ये आगलागीबाट एउटा खोरको पूरै र अर्को खोरको तीन सयजति कुखुरा जलेर मरेका वडाले जनाएको छ । आगो लागेको थाहा पाएसँगै हरिवन नगरपालिकाको बारुणयत्र र स्थानीयबासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

