काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादन हुने अर्थोडक्स,ग्रिन टी अर्थात् स्पेसियालिटी चियामा ट्रेड मार्क प्रयोग गर्न आग्रह गरेको छ । नेपाली चिया व्यवसायीहरूले निर्देशिकाको दफा ५ को उपदफा १ बमोजिम मार्क प्रयोगको अनुमतिका लागि निवेदन दिन आग्रह गरेको छ ।
निर्देशिकाको आचारसंहिता र सर्तहरू पालना गरी bulk वा retail प्याकेटमा चिया बिक्री गर्ने कार्यमा संलग्न भएर उक्त ट्रेडमार्क प्रयोग गर्न इच्छुक चिया व्यापारी तथा प्याकेजरहरुले ३५ दिन भित्र कार्यालयमा सम्पर्क गर्नु पर्ने छ ।
यस्तै गत आर्थिक वर्षमा ट्रेड मार्क प्रयोग इजाजत पत्र प्राप्त गरेका चिया व्यवसायी तथा प्याकेजरहरुलाई नवीकरण गर्न पनि आग्रह गरेको छ । साथै उक्त ट्रेडमार्क तथा सोसँग मिल्दोजुल्दो अन्य मार्कहरू बोर्डको स्वीकृत नलिई प्रयोग नगर्न पनि आग्रह गरेको छ ।
यदि अनाधिकृत रूपमा मार्क प्रयोग भएको पाइए कार्बाहि गरिने पनि जनाएको छ ।

