काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिहीबार आज स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । एक विज्ञप्ती जारी गर्दै कम्पनीले कर्मचारी, उपभोक्ता, वितरक लगायत सरोकारवाला सवैलाई हार्दिक धन्यवाद तथाआगामी दिनमा पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको उल्लेख गरेको छ ।
तात्कालिन देशको आपूर्ति क्षेत्रमा काम गर्दै आएका नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई मिलाएर गठन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थापनाको दुई वर्ष पूरा गरेको हो।
विशेषत अन्य क्षेत्रले सेवा पुर्याउन नसकेका दुर्गम जिल्लाहरुमा खाद्यान्न आपूर्ति गर्ने, उत्पादक किसानहरुलाई उत्पादनको उचित मूल्य प्रदान गर्न तोकिएको समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने, सहरी क्षेत्रमा समेत मूल्य स्थिरिकरणको लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने, विपदको समयमा सहज, सुलभ र नियमित खाद्यान्न आपूर्तिको सुनिश्चिततामा योगदान पुर्याउन तोकिएको परिमाणमा खाद्यान्न भण्डारण गर्ने जस्ता काम खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गर्दै आएको छ ।
बासमती र स्टीम चामलहरु र मार्सी चामल लगायत अन्य खाद्य वस्तुहरु सर्वसुलभ रुपमा बिक्री वितरणलाई पनि निरन्तरता दिइरहेको छ । साथै विश्वभर फैलिएको कोभिड १९ को महामारीका समयमा समेत देशभर रहेका आफ्ना सम्पूर्ण सञ्जाल तथा अनलाईन सेवा मार्फत ग्राहकहरुलाई सुविधा पुर्याउँदै आएको छ ।

