चितवन । अन्तराष्ट्रिय एकिकृत प्रर्वतीय बिकास केन्द्र (ईसिमोड)ले चितवनमा मौषममा आधारित जलबायु अनुकुलन खेति प्रणालीको बिकासका लागी काम गरिरहेको छ । बिगत ६ महिना अगाढी देखि बागमती प्रदेश कृषि बिकास मन्त्रालय संग सहकार्य गरी फरवार्ड नेपाल लाई स्थानिय साझेदार बनाएर ईसिमोडले स्थानिय किसानको दिगो बिकास र गरिबि न्युनिकरणका लागी यस्तो परियोजना सन्चालन गरेको हो ।
जलबायु परिर्वतनका कारण भएको बिश्वब्यापी असरबाट हुने क्षतीलाई घटाउन जलबायु अनुकुलनका उपाएहरु पहिचान गरी मौषम पुर्वानुमानका आधारमा सुचना संकलन गरी किसानलाई जानकारी प्रवाह गर्दै उत्पादन र उत्पादकत्व बढाउने मुख्य उदेस्य सहित ईसिमोडले चितवनमा काम गरेको ईसिमोडकी कार्यक्रम संयोजक डा मन्दिरा सिङ श्रेष्ठले बताउनु भयो ।
आफुहरुले किसानलाई प्राबिधिक ज्ञान सहित मौषममा आधारीत सुचना प्रवाह गरी बालि संरक्षण र कृषि प्रर्वधनमा महत्वपुर्ण काम गरेको डा श्रेष्ठ बताउनु हुन्छ । आफुहरुले स्थानिय तहहरुलाई बिद्युतिय सुचना पाटि समेत हस्तान्तरण गर्ने देखि अरु सचेतनाका कार्यक्रमहरु प्रादान गरी स्थानिय सरकार र किसनलाई लाई प्राबिधिक तथा अन्य ज्ञान प्रबाह गरीरहेको डा श्रेष्ठ बताउनु हुन्छ ।
ब्यवसायीक कृषि प्रर्वधनका लागी मौषममा आधारीत सुचनाको आधारमा किसानलाई दिने परामर्स महत्वपुर्ण मानिने भएकाले यहि कार्यक्रम गर्ने उदेस्य सहित ईसिमोडले आफुहरुसंग सहकार्य गरेर काम गरिरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनु भयो ।
यो कार्यक्रमले मौषममा आधारीत सुचनालाई आधार मानेर खेतिपाति ब्यवस्थापन, जमिनको तयारी र बजार ब्यवस्थापनका लागी महत्वपुर्ण ज्ञान दिन सक्ने ढकालको भनाई छ ।
यहा आर्थीक र प्राबिधिक पक्ष सबै ईसिमोडले गरेको र किसानलाई सुचना प्रदान गर्न मोवाईल एप्स र सफट्वयर समेत निमार्ण गरेर काम अगाढी बढेको ढकालको भनाई छ ।
यो परियोजना कार्यन्वयनको स्थानिय साझेदार फरवाड नेपाल रहेको र अहिले किसानहरुको तथ्याकं संकलन देखी उनिहरुलाई यस सम्बन्धि प्राबिधिक ज्ञानहरु प्रदान गर्ने निर्देशक तथा प्राबिधिक समिति निमार्ण गर्ने देखि अरु धेरै कामहरु भईराखेको फरवाड नेपालका कार्यकारी निर्देशक नेत्र प्रसाद सेनले बताउनु भयो ।
कार्यक्रम प्रभावकारी बनाउन निर्देशक समिति गठन
यहि परियोजनालाई प्रभावकारी बनाउन जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको संयोजकत्वमा परियोजना निर्देशक समिति समेत गठन भएको छ । यसमा सदस्य सचिवमा कृषि त्रान केन्द्र प्रमुख रहने ब्यवस्था छ । निर्देशक समितिले कार्यक्रम कार्यन्वयनका लागी नितिगत निर्देशन दिनका साथै परियोजनाको समिक्षा र पृष्ठपोषण गर्ने यसको उपलब्धिर सिकाईलाई अन्य ठाउमा बिस्तार गर्न सहयोग गर्ने, निति निमार्ण हुदा जलबायु सुचना सेवालाई समाबेश गराउन पहल गर्ने मिका खेल्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनु भयो ।
स्थानियतहलाई बिद्युतिय उपकरण हस्तान्तरण
ईसिमोडले कृषि ज्ञान केन्द्र र यहाका ४ नगरपालिका लाई बिद्युतिय सामाग्री हस्तान्तरण गरेको छ । किसानलाई पुर्व स्ुचना सम्बन्धि ज्ञान प्रवाह गर्न सहजताका लागी माडी नगरपालिका,कालिका नगरपालिका खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका लाई ४३ ईन्चको एल ई डि मोनिटर हस्तान्ततरण गरेको हो त्यस्तै कृषि ज्ञान केन्द्र लाइृ ल्यापटप र डेक्सटप हस्तान्तरण गरेको छ । यसले किसानलाई सुचना प्रवाह गर्न सहजता हुने अपेक्षा गरिएको छ ।

