- सी.आर.डी (Chronic Respiratory Disease)
रोग का कारक तत्व: Mycoplasma Galisepticum
रोगले असर गर्ने अंग
- एअर स्याक, फोक्सो, स्वास नली, जोर्नीहरू
लक्षण:
- स्वास फेर्दा ख्यार ख्यार आवाज आउने,छिटो छिटो स्वास फेर्ने, चुच्चो खोलेर स्वास फेर्ने, नाक बाट सिगन बग्ने, कुखुरामा मृत्युदर कम हुने तर निरन्तर मरिरहने हुन्छन।
उपचार:
- Tylosin, Tiamulin-८०, १ ग्राम प्रति १० लि. पानीमा ३ देखि ५ दिन सम्म दिने
- ३० दिन पछी देखिएमा १ ग्राम प्रति ५ लि. पानीमा दिनु पर्छ |
- यसको साथै Vitamin E Selenium सानोलाई ५ एम.एल. प्रति १०० चल्ला र ठुलो लाई १० एम.एल. प्रति १०० चल्ला दिनु पर्छ जसले प्यारालाईसिस हुने सम्भाबना कम गर्छ |
- यसको अलावा levofloxacin पनि दिन सकिन्छ |

