चितवन । चितवनको कालिका नगरपालिकामा ८ महिनाको भत्ता खर्च १९ लाख भन्दा धेरै देखिएको छ । नगरपालिकाले सार्वजानिक गरेको आय व्यय विवरण अनुसार यस अर्थिक बर्षको साउन देखि फागुनसम्म भत्तामा १९ लाख ५१ हजार ४३० सय रुपैयाँ खर्च भएको देखिएको छ ।
नगरपालिकाले सार्वजानिक गरेको सूचना अनुसार ८ महिनाको अवधीमा पदाधिकारी बैठकभत्ता शिर्षकमा १० लाख ७ हजार २० रुपैंया, कर्मचारी बैठक भत्ता शिर्षकमा ७ लाख ६५ हजार ४१० रुपैयाँ र अन्य भत्ता शिर्षकमा १ लाख ७९ हजार गरी १९ लाख ५१ हजार ४३० रुपैयाँ खर्च भएको देखिएको छ ।

