चितवन / चितवनको कालिका नगरपालिकामा ८ महिनाको इन्धन खर्च ३४ लाख देखिएको छ । नगरपालिकाले सार्वजानिक गरेको आय व्यय विवरण अनुसार यस अर्थिक बर्षको साउन देखि फागुनसम्म इन्धनमा ३४ लाख ९६ हजार ३ सय रुपैयाँ खर्च भएको देखिएको छ ।
नगरपालिकाले सार्वजानिक गरेको सूचना अनुसार ८ महिनाको अवधीमा पदाधिकारीहरुलाई इन्धन खर्चमा ९ लाख ५३ हजार १२ रुपैंया र कार्यालय प्रयोजन शिर्षकमा २५ लाख ४३ हजार २८८ रुपैंया खर्च भएको देखिएको छ ।

