काठमाण्डाै / पूर्वी तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो १, २ बजेपछि मात्रै त्यस क्षेत्रमा लागेको हुस्सु बिस्तारै हट्दै जाने सम्भावना छ । त्यसपछि यी क्षेत्रमा मधुरो घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित अरु क्षेत्रमा लागेको हुस्सु भने बिस्तारै हट्न थालेको छ ।
आज कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

