काठमाण्डौ । आज सामुदायिक वन दिवस मनाइँदैछ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराकासाथ दिवस मनाउन लागिएको हो ।
नेपालको कुल भू–भागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । नेपालमा अहिले २२ हजार ५ सयभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले झण्डै २३ लाख ६० हजार राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोग गरिरहेका छन् ।
वन विभागका अनुसार यसबाट झण्डै ३० लाख ८८ हजार लाभान्वित भएका छन् ।

