चितवन । चितवनको कालिका नगरपालिकाले घरघरमा स्वास्थ्य सेवा कार्यक्रमलाई प्रथामिकतामा राखेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण गरेको हो ।
कालिका नगरपालिका वडा नं. ६ मा पर्ने गराउटोल विकास संस्थामा बसोबास गर्ने वृद्धवृद्धा र अशक्तहरुको स्वास्थ्य परिक्षण भएको टोल विकास संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले परिक्षणसंगै आवश्यक परामर्स समेत दिएका थिए ।
नगरपालिकाले नगरभित्र रहेका पाँच सय ९८ ज्येष्ठ नागरिक तथा ५० रातो कार्ड प्राप्त नागरिक गरी छ सय ४८ जनाको प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य परीक्षण गराउने लक्ष लिएको छ ।
मधुमेह, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रालगायत स्वास्थ्य परीक्षण हुने छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरमै गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा नगर अस्पतालसँग समन्वय गरि उपचारको व्यवस्था गराउदै आएको छ ।
तस्विर : राजु खतिवडा

