काठमाण्डौ । गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा फर्सीमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।
काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्र किशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडट्टा भएर भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

