चितवन । चितवनको माडी नगरपालिकाले पूर्ण सिंचीत माडी को दिर्घकालिन लक्ष्यलाई निरन्तरता दिएको छ । आगामी बर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
साना मझौला र ठूला बोरिङ निर्माण, कुलो लाइनिङ तथा भुमिगत पाइप लाइनिङको निर्माण तथा बिस्तारलाई प्रथामिकता दिइने नीतिमा उल्लेख गरेको छ । सतह तथा बोरिङ सिंचाईको बिस्तृत परियोजना प्रतिवेदन तयार गरी सोही अनुसार थप सिंचाई कार्यक्रम अगाडी बढाउने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
कृषि तथा सिचाई सम्वन्धी उत्पादनमुलक क्षेत्रमा लागत साझेदारी सहितको योजनालाई प्रथामिकीकरण गरी लागु गर्ने नीति लिइएको माडी नगरपालिकाको नगर प्रमुख ताराकाजी महतोले बताउनुभयो । कृषिको उर्वरभुमी रहेको माडीमा सदाबहार सिंचाई सुविधा उपलव्ध गराउन सक्नेगरी दिर्घकालिन लक्ष्यका साथ काम गरेको उहाँले बताउनुभयो ।

