जुम्ला । जुम्लामा स्याउको खेती बढेको छ । जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएको छ ।
अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरणको तथ्याङ्क अनुसार अहिले जुम्लाको ४२ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती बिस्तार भएको छ । जसमा उच्च घनत्वका बिरुवाहरु पनि लगाउन थालिएको हो।
कार्यक्रम अन्तर्गत जुम्लाको ६५ हेक्टर जमिनमा ओखर खेती पनि बिस्तार गरिएको छ साथै सात वर्षको अवधिमा २६ स्थानमा चकलाबन्दी, दुई सय ५ वटा साना सिँचाइको काम पनि गरिएको छ ।
त्यस्तै १८ वटा नर्सरीका लागि जालीघर निर्माण, एउटा माटो परीक्षण ल्याब, दुई वटा हाईटेक नर्सरी स्थापनाको काम पनि भएको छ । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गुठीचौर एग्रो फर्मले मात्रै ४६ लाख ९९ हजार ४ सय ५० रुपैयाँ अनुदान सहयोग प्राप्त गरेको छ ।
स्याउले पछिल्लो जिल्लाका नांगा डाँडापाखामा स्याउन रोपिनेक्रम बढेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९र०८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

