चितवन । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान खेतमा धानको बिउ रोप्नुभएको छ । चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धानको बउि रोप्नुभएको हो ।

ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्यालीमा सहभागी हनुभएको थियो । र्यालीमा पत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताउनुभयो । कार्यक्रममा ओलीसहित चितवनको नेता कार्यकर्ताहरु सहभागी थिए।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन्।


