चितवन । नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली असार १५ गते चितवन आउनुहुने भएको छ । असार १५ गते धान दिवसको कार्यक्रममा सहभागी हुन ओली चितवन आउन लाग्नुभएको हो । धान दिवसको दिन ओलीले भरतपुर महानगरपालिका वडा नं. २४ मा रहेको केरुङ्गा सामुहिक कृषि फर्ममा हुने धान रोपाई कार्यक्रममा सहभागी हुनुहुने एमाले चितवनले बताएको छ ।
नेता ओलीले १५ गते बिहान ७ः३० बजे भरतपुरको गेष्ट हाउस चौरमा संवोधन गर्ने, ९ : ३० मा केरुङ्गा सामुहिक कृषि फर्ममा धान रोपाई कार्यक्रममा सहभागी हुने,र रामपुर कृषि क्याम्पसको सभा हलमा दिउँसो १ः०० बजे युवा, विध्यार्थी र किसान उद्यमीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
हरेक बर्षको असार १५ गतेलाई धान दिवसको रुपमा मनाइने गरिएको छ । दिवसको अवसरमा कृषिसंग सरोकार राख्ने निकायले विभिन्न कार्यक्रम गर्ने गरेकाछन् । कृषि प्रधान देश नेपालमा हावापानी मौषम र सिजन अनुसार असारलाई धान रोप्ने महिनाको रुपमा लिइन्छ ।

