काठमाण्डौ । नेपालमा १० महिनाको अवधीमा एक अर्ब भन्दा धेरै रुपैयाँ बराबरको केरा आयात भएको छ । यस अवधिमा नेपाली बजारमा भारतबाट मात्र १ अर्ब २ करोड रुपैयँको केरा आयात भएको छ । जबकि नेपालले यस अवधिमा ५ लाख ५६ हजार रुपैयाँको मात्र केरा निर्यात गरेको छ । जसमध्ये भारतमा २५ हजार रुपैयाँ र कतारमा ५ लाख ३१ हजार रूपैयाँको केरा निर्यात भएको हो ।
एभोकाडो नेपालमै उत्पादन हुने भए पनि चालू आवको १० महिनामा युगाण्डाबाट ६ करोड १७ लाख रुपैयाँ र केन्याबाट ६ लाख ६४ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

