चितवन । चितवनको कलिका नगरपालिकामा रहेको पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा निर्वाचन हुने भएको छ । जेठ २३ गते हुन लागेको निर्वाचनमा टिका रिजाल र लक्ष्मी प्रसाद धिताल विच अध्यक्षका लागि प्रतिष्प्रधामा रहनुभएको छ ।
गत जेठ १५ गते भएको साधारण सभा एवम् छैटौँ अधिवेशनमा नेतृत्व छनौटमा सहमती हुन नसकेपछि निर्वाचन प्रकृयामा गएको हो । कालिका नगरपालिका वडा नं. २, ३, ४ र ५ लाई समेटेको पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तिन हजार सात सय १० उपभोक्ता रहेकाछन् । संस्थाको विधान अनुसार १० उपभोक्ता बराबर एक प्रतिनिधी छनौट भएर निर्वाचनमा सहभागी हुनेछन् ।
वडा नं. २ बाट ११३ जना, ३ बाट ६७ जना, ४ बाट ८१ जना र ५ बाट ११० जना गरी ३७१ जना प्रतिनिधी मतदाताको रुपमा छनौट भएकाछन् । ३७१ जना मतदाताले संस्थाको नेतृत्व छनौट गर्नेछन् । निर्वाचन प्रकृया अन्तर्गत उम्मेदवारको अन्तीम नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक हरीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
निर्वाचनमा रिजाललाई नेपाली काँग्रेस र एमाले समर्थित उपभोक्ताको समर्थन रहेको छ । धिताललाई माओवादी र रास्वपा समर्थीत उपभोक्ताको समर्थन रहेको छ । २०५८ सालमा स्थापना भएको खानेपानी आयोजना २०६३ सालमा दर्ता भई पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था उपभोक्ता मार्फत सञ्चालन र व्यवस्थापन हुँदै आएको छ ।

