चितवन । चितवनमा आत्याधिक गर्मी बढेपछि कालिका नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय ६ दिन बन्द हुनेभएको छ ।
नगरपालिकाले शुक्रकार एक सुचना जारी गरी गर्मीका कारण वालवालिकालाई पढाउन सक्ने अबस्था नरहेको भन्दै ६ दिन विद्यालय बन्द गरेको जनाएको छ । साउन र भदौमा पर्ने बर्षे विदामा कट्टा हुनेगरी जेठ २१ गते देखि २६ गते सम्म विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्ययले जानकारी दिनुभएको छ ।
स्वअध्ययन गर्न सिकाईमा वोझ नपर्ने गरी गृहकार्य दिन, सृजनशिल सिकाई क्रियकलाप दिन, दिनको समयमा घर बाहिर नजाने बातावरण तयारी गरी विदा गर्न सूचना मार्फत नगरपालिकाले अनुरोध गरेको छ ।
गर्मीको कारण देखाउदै पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाले पनि विद्यालय बन्द गरेका छन् ।

