काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका छन् ।

