हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा राजेन्द्रमान श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
प्रदेशमा ११ मन्त्रालय रहेकामा एउटा मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाइएको हो । प्रदेशमा नेपाली कांग्रेसले ६, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ४ मन्त्री र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता डा। राजेन्द्रमान श्रेष्ठ भक्तपुर क्षेत्र नं २ को प्रदेश सभा २ मध्यपुर थिमी नगर क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनबाट विजयी भएका थिए ।

