काठमाडौँ । सरकारले कृषि तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा रहेका प्रयोगशालालाई स्तरीकरण गरिने बताए ।
‘प्रयोगशालाहरुको अन्तर्राष्ट्रिय सम्बन्धनका लागि आवश्यक व्यवस्था गरिने छ,’ उनले भने । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड नहुँदा विदेशमा नेपाली वस्तुको माग भएपनि निर्यात हुन सकेको छैन । निर्यात बढाउन व्यवसायीहरुले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापनाको जोड दिँदै आएका छन् ।

