काठमाण्डौ। कृषि विभागको महानिर्देशकमा डा हरिबहादुर केसीको पदोन्नति भएको छ ।
नेपाल सरकारका सहसचिव डा केसी यसअघि विभागको निमित्त महानिर्देशक रहनुभएको थियो । विभागको उपमहानिर्देशक भई निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका केसी पदोन्नति भएर महानिर्देशक हुनुभएको हो । उहाँ त्यसअघि गण्डकी प्रदेशअन्तर्गतको कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिवको जिम्वेवारी पुरा गर्नुभएको थियो ।

