चितवन(कालीका) । चितवनको कालिका नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल चितवन शाखा र कालिका नगरपालिका शाखा कमिटीको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
कालिका नगरपालिका वडा नम्वर ७ मा रहेको पृथ्वी मावि परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा ३ जना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीलले स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल चितवन शाखाका सदस्य एवम् कालिका कमिटिका इन्चार्ज प्रकाशचन्द्र रिजालले जानकारी दिनुभयो ।
चैत २५ गते शनिवार आयोजना गरिएको शिविर विहान ११ बजे देखि साँझ ४ वजेसम्म सञ्चालन हुने जानकारी दिदै उहाँले डा सन्तोष शर्मा भुषाल, डा प्रतिक न्यौपाने र डा नवराज लामीछाने सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य परिक्षणका लागि कालिका नगरपालिका भित्र रहेका पाँच मेडिकलमा अग्रीम रुपमा २४ गते सुक्रवार (भोली)नाम टिपाउन सकिने जानकारी दिदैँ रिजालले ति पाँच मेडिकलले निःशुल्क रुपमा सुगर परिक्षण गर्ने व्यवस्था समेत गरेको जानकारी दिनुभएको छ । आफुलाई पायक पर्ने मेडिकलमा गएर दर्तासगै सुगर परिक्षणको व्यवस्था भएकाले शिविरमा सहभागी हुनेहरुले परिक्षण रिपोर्ट सहित आएमा थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।
शक्तीखोरमा विवेक मेडिकल हल, पदमपुरमा प्रकश मेडिकल र पदमपुर हेल्थ किल्नीक, खोलोसिमलमा अधिकारी मेडिकल र जुटपानीमा ऊँ साई किल्नीकमा नाम टिपाउन र सुगरको निःशुल्क परिक्षण गरी रिपोर्ट लिएर शिविरमा आउन आव्हान गरिएको रिजालले बताउनुभएको छ । शिविरको लागि नेश्नल हेल्थ केयर प्रा लि ले औषधी सौजन्य गरेको छ । परिक्षणमा सहभागी हुनेहरुका लागि आवश्यकता अनुसारका औषधी उपलब्धताको आधारमा निःशुल्क वितरण गरिने प्रकाश मेडिकलको सञ्चालक समेत रहनुभएका रिजालले जानकारी दिनुभएको छ ।

