चितवन। नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश समितिको अध्यक्षमा दीपक तिवारी निर्वाचित भएका छन् । चितवनको सौराहामा आयोजना गरिएको तेस्रो साधरण सभा तथा अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट तिवारी अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल खसेको १७४ मत मध्ये तिवारी ६८ मतका साथ निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी सुलभ श्रेष्ठले ६५ र योगेन्द्रराज पन्तले ३९ मत प्राप्त गरेका थिए । एशोसिएसनको उपाध्यक्षमा लोकप्रिय मतका साथ निमेष खनाल निर्वाचित भएका छन् । खनालले ११३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी दीपेश केसीले ५३ मत प्राप्त गरेका छन् ।
सचिवमा पवन आचार्य ९९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी आशिष् ढकालले ७२ मत पाएका छन् । सह सचिवमा १०२ मतका साथ हरि अधिकारी निर्वाचित भएका छन् । उनका निटकतम प्रतिस्पर्धी सरोज पराजुलीले ६५ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा कला पन्त निर्वारोध निर्वाचित भएकी छन् । कार्य समिति सदस्यमा सरोज विष्ट १४० मत,अशुतोष भट्ट ११२ मत, पुजा बराल १०८ मत, अनिस पाठक ८३ मत, अनुपा श्रेष्ठ ७९ मत, सुवास मैनाली ७९ मतमा साथ विजयी भएका छन् ।

