चितवन । चितवनको कालिका नगरपालिकामा रहेको नव मिलिजुली दुग्ध उत्पादक सहकारी संस्थालाई कालिका नगरपालिका वडा नम्वर ६ को कार्यालयले ५२ थान कुर्ची सहयोग गरेको छ । सहकारीमाका लागि कुर्चीको आवश्यक परेपछि वडा कार्यालयमा माग गरिएको र वडा बाट कुर्ची प्राप्त भएको नव मिलीजुली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दशरथ खतिवडाले जानकारी दिनुभयो ।

संस्थामा सामुहीक काम गर्नुपर्दा बस्ने कुर्चीको अभाव भएका कारण माग गरिएको उहाँले बताउनुभयो । प्रत्यक्ष रुपमा किसान जोडिएको सहकारीको आवश्यकतालाई ध्यानमा दिएर सहयोग गरिएको वडा अध्यक्ष टिकाराम रेग्मीले बताउनुभयो । वडा भित्र रहेको अन्य सहकारी संस्थालाई पनि सहयोग गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

सहकारीमा बर्षको दुई हजार लिटर दुध विक्री गर्ने कृषकलाई डेरीले गमवुट पनि वितरण गरेको छ । पहिलो बर्ष ८० जनाले प्राप्त गरेका, दोश्रो बर्ष ३० जना र यो बर्ष १० जनालाई वितरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । कृषकलाई नदोहोरीने गरी वितरण गरिएको जानकारी दिदै उहाँले पशुपालन गर्ने कृषकलाई प्रोत्साहन होस भनि विभिन्न सामाग्री वितरण गर्दै आएको बताउनुभयो । सहकारीमा अहिले बार्षिक दुई हजार लिटर दुध विक्री गर्ने कृषकको संख्या लगभग सयको हाराहारीमा रहेको छ ।


