चितवन । नेपालमा बेसारको आयत बढ्दै गएको छ । नेपालमा बेसार सबैभन्दा बढी जर्मनीबाट आयात हुन्छ भने स्पेन, जापान र भारतबाट पनि केही मात्रामा आयात हुने गरेको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७र०७८ मा नेपालमा १० हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा एक लाख पाँच हजार ७१९ मेट्रिक टन बेसार उत्पादन भएको थियो । कोरोनाको समयमा नेपालमा सबैभन्दा बढी बेसार आयात भएको देखिन्छ ।
६ वर्ष सात महिनाको अवधिमा नेपालमा दुई अर्ब दुई करोड ४३ लाख ७३ हजार रुपैयाँको बेसार आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७४र०७५ मा १६ करोड ७६ लाख रुपैयाँको बेसार आयात भएकोमा गत आर्थिक वर्ष ४१ करोड ८३ लाख ८३ हजार रुपैयाँको बेसार आयात भएको छ । ६ वर्षको अन्तरालमा नेपालमा ४० प्रतिशतभन्दा बढीले बेसार आयात भएको देखिन्छ ।

