चितवन । चितवनमा रहेका सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघ चितवनले निबन्ध प्रतियोगिता गर्ने भएको छ । ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा निबन्ध प्रतियोगिता गर्न लागिएको संघका शिक्षा, तालिम तथा भ्रमण उपसमिति संयोजक देवेन्द्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको निबन्ध प्रतियोगिताको बिषय नेपालमा सहकारीको इतिहास र संघको भुमिका रहेको संयोजक गुरुङ्गले जानकारी दिनुभयो । खुला प्रतियोगिता भएका कारण सम्पूर्ण विषयगत संघ संस्थाहरुलाई संघले सूचना प्रकाशन गरेर जानकारी दिइसकेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, दोश्रो पुरस्कार सात हजार, तेश्रो पुरस्कार पाँच हजार र सान्त्वना पुरस्कार दुई जनाका लाई एक÷एक हजार रहेको संघका व्यवस्थापक विनोद खतिवडाले जानकारी दिनुभयो । निबन्ध सहकारी सदस्य भएको खुलाएर बढिमा दुई हजार पाँचसय शब्दको हुनुपर्ने नियम रहेको बताउँदै व्यवस्थापक खतिवडाले निबन्ध दर्ता गर्ने अन्तिम मिति २०७९ चैत १४ गतेसम्म रहेको जानकारी दिनुभयो । दर्ता शुल्क पाँच सय रुपैया राखिएको र संघको निर्णय नै अन्तिम निर्णय हुने गरी सूचना समेत प्रकाशित गरिएको उहाँले बताउनुभयो ।

